२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा कारागार भित्रै कैदिले बिवाह गरे

२०७२, १५ मंसिर मंगलवार ११:१२

सम्राट सिंह/मङ्सिर १५, बझाङ । बझाङ जिल्ला कारागार भित्रै एक जना कैदिले धार्मिक परम्परा अनुसार बिहे गरेका छन । माझिगाँउ गाविस १ घर भएका ३० बर्षिय भरत रावलले माझिगाँउ गाविस २ घर भएकी १९ बर्षिय पुजा थापासँग मंगलबार कारागार भित्रै बिवाह गरेको हो ।

जिल्ला कारागार बझाङ भित्र धार्मीक परम्परा अनुसार बिवाह गरिदै । तस्बीर: सम्राट सिंह, बझाङ

जिल्ला कारागार बझाङ भित्र धार्मीक परम्परा अनुसार बिवाह गरिदै । तस्बीर: सम्राट सिंह, बझाङ

रावल बिगत ९ बर्ष अगाडि देखि जबरजस्तीकरणी मुद्दामा जेल सजाय भोगी रहेका कैदी हुन । यसरी जिल्ला कारागार भित्रै कैदीले बिवाह गरेको यो पहिलो घटना हो । केटी पक्षबाट केटीका भाई र केटा पक्षबाट केटाका बुवा मोहन बहादुर रावल लगायतका छिमेकीहरु सदरमुकाम आएर विवाहको कार्यक्रम गरेका थिए ।

भरत लाई कारागार भित्र वाट आधा घण्टाको लागी बाहिर निकाले पछि दुलहिको शिरमा सिन्दुर हालेर औठी लगाए पछि ब्रामणले विवाह सम्पन्न भएको जानकारी दिएका थिए ।

विवाह भएपछि दुलाहाका बुवाले कारागारका कैदीहरु लाई फलफल र टिका भित्र अन्य कैदीहरुलाई पठाएका थिए । आधा घण्टाको वैवाहिक कार्यक्रम पछि भरत लाई कारागार भित्र पठाएको थियो भने दुलहि पुजा लाई बाहिर ल्याएको थियो ।

दुलही पुजाले दुलाहकै घरमा गएर काम गरेर खाने वताईन् । सिन्दुर हालेर बिहे सकेको जानकारी दिएपछि विछोड हुने भन्दै दुवैका आँखा रसाएका थिए ।

अगाडी देखी नै केटा र केटीको भेटघाट र फोन सम्पर्क भएको रहेछ दुलाहका बुवा मोहन रावलले भने छोराले फोन गरेर विवाह गरि दिनु प¥यो भन्यो छोराको इच्छा अनुसार नै बिहे गरी दिए ।

कारागार विभागको अनुमती अनुसार विवाह गरेको जेलर राजेन्द्र बोहराले वताए । कैदी भरत को कैद भुक्तानी अवधी अब दुई वर्ष मात्र बाँकी रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध