२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा कारागार भित्रै कैदिले बिवाह गरे

१५ मंसिर २०७२, मंगलवार ११:१२

सम्राट सिंह/मङ्सिर १५, बझाङ । बझाङ जिल्ला कारागार भित्रै एक जना कैदिले धार्मिक परम्परा अनुसार बिहे गरेका छन । माझिगाँउ गाविस १ घर भएका ३० बर्षिय भरत रावलले माझिगाँउ गाविस २ घर भएकी १९ बर्षिय पुजा थापासँग मंगलबार कारागार भित्रै बिवाह गरेको हो ।

जिल्ला कारागार बझाङ भित्र धार्मीक परम्परा अनुसार बिवाह गरिदै । तस्बीर: सम्राट सिंह, बझाङ

जिल्ला कारागार बझाङ भित्र धार्मीक परम्परा अनुसार बिवाह गरिदै । तस्बीर: सम्राट सिंह, बझाङ

रावल बिगत ९ बर्ष अगाडि देखि जबरजस्तीकरणी मुद्दामा जेल सजाय भोगी रहेका कैदी हुन । यसरी जिल्ला कारागार भित्रै कैदीले बिवाह गरेको यो पहिलो घटना हो । केटी पक्षबाट केटीका भाई र केटा पक्षबाट केटाका बुवा मोहन बहादुर रावल लगायतका छिमेकीहरु सदरमुकाम आएर विवाहको कार्यक्रम गरेका थिए ।

भरत लाई कारागार भित्र वाट आधा घण्टाको लागी बाहिर निकाले पछि दुलहिको शिरमा सिन्दुर हालेर औठी लगाए पछि ब्रामणले विवाह सम्पन्न भएको जानकारी दिएका थिए ।

विवाह भएपछि दुलाहाका बुवाले कारागारका कैदीहरु लाई फलफल र टिका भित्र अन्य कैदीहरुलाई पठाएका थिए । आधा घण्टाको वैवाहिक कार्यक्रम पछि भरत लाई कारागार भित्र पठाएको थियो भने दुलहि पुजा लाई बाहिर ल्याएको थियो ।

दुलही पुजाले दुलाहकै घरमा गएर काम गरेर खाने वताईन् । सिन्दुर हालेर बिहे सकेको जानकारी दिएपछि विछोड हुने भन्दै दुवैका आँखा रसाएका थिए ।

अगाडी देखी नै केटा र केटीको भेटघाट र फोन सम्पर्क भएको रहेछ दुलाहका बुवा मोहन रावलले भने छोराले फोन गरेर विवाह गरि दिनु प¥यो भन्यो छोराको इच्छा अनुसार नै बिहे गरी दिए ।

कारागार विभागको अनुमती अनुसार विवाह गरेको जेलर राजेन्द्र बोहराले वताए । कैदी भरत को कैद भुक्तानी अवधी अब दुई वर्ष मात्र बाँकी रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव