२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

२ जना महीलाको गहना लुटपाट, १ जना महीला भाग्न सफल

१७ मंसिर २०७२, बिहीबार ११:१३

डिवि विष्ट । मङ्सिर १७, बझाङ । बझाङ जिल्लाको ब्याँसि गाविस वर्डा नः३ थलारा पोईली घर भएकी ३ जना महीला कोषा देवि जाग्री, चन्दा देवि जाग्री, र विनु देवि जाग्री माईती घर लेकगाँउ गाविस वर्डा नः६ बुढखोरी जानेक्रममा लुटीनु भएको छ ।

१६ गते दीउसो करीब ३ बजे तिर ब्याँसि गाविस र लेकगाँउ गाविसको विचमा पर्ने अनारे खोला भन्ने जंगलमा अज्ञात समुहमा आएका २ जना ब्याक्तीले कोषा देवि जाग्री, चन्दा देवि जाग्रीले लगाएका सुनका गहनाहरु लुटेको हो । कोषा देवि जाग्रीको नाक कानमा लगाएका झन्डै ढाई तोला बराबरका गहना र चन्दा देवि जाग्रीको पनी नाक कानमा लगाएका २ तोला बराबरका गहना लुटेराहरुले लगेको कोषा देवि जाग्रीले बताउनु भयो ।

उनले भनीन् विच जंगलमा हामी २ जनालाई समात्यो र हामी संगै रहेकी विनु देवि जाग्री र उनको छोरालाई लिएर भाग्न सफल भईन । झन्डै २०।२५ उमेरका २ ब्याक्तीले एक जनाले खुकुरी र १ जनाको हातमा तरबार रहेको हामी दुबै जनालाई समातेर गर्धनमा खुकुरी र तरबार राख्यो को कुन चिन्न सकीएन दुबै जनाको मुखमा माक्स र सेतो ज्याकेट लगाएको थियो आफुले प्रतिकार गर्न खोज्दा खुकुरीले हात समेत काटीयो कोषा देवि जाग्रीले रुदै बताईन आफु बाँच्न सफल भईयो ।

लगाएको सबै गहना लुटेराहरुले एक एक गरी खोलेर लिए । चन्दा देवि जाग्रीले भने आफुलाई मारी हाल्छन्की भन्ने डर थियो तर लुटेराले केही गरेन गहना मात्र खोलेर लीयो धन्न आफ्नो ज्यान बाँच्यो ।

यसरी दीउसो नै हतियारले तर्साएर लुटेराहरुले आफुले लगाएको नाक कानका सबै गहना लीएर हीडे शरीर भरी कम्पन उत्पन्न हुदै आँखा भरी आँसु गर्दै उनले बताईन आफु माईती घर पुगे पछि आफ्नो भतीजो नाता पर्ने कटक सिहँ धामीले ईलाका प्रहरी चौकी विसौनामा खबर भए पछि ईलाका प्रहरी कार्यलय बाट प्रहरी सहायक निरीक्षक मान बहादुर बोहराको कामन्डोमा ५ जनाको अनुसन्धान टोली घटना स्थलमा खटी गएको र घटनाको थप अनुस्नधानको् निम्ती जिल्ला प्रहरी कार्यलय बाट प्रहरी नायब निरीक्षक रमेश बहादुर साही कमान्डोमा ५ जनाको टाली, जिल्ला प्रहरी कार्यलय बाट नै प्रहरी सहायब निरीक्षक भिम बहादुर चौधरीको कमान्डोमा ५ जनाको टोली त्यस्तै ईलाका प्रहरी कार्यलय मटेला बाट प्रहरी साहायक निरीक्षक चेत बहादुर वुढा ऐरको नेतृत्वमा ५ जनाको टोली र ईलाका प्रहरी कार्यलय विसौना बाट प्रहरी सहायक निरीक्षक मान बहादुर बोहराको कमानडोमा ५ जना गरी घटना स्थल लगायत आसपासमा जम्मा ४ टोली मा २० जना प्रहरी आवस्यक अनुसन्धानको लागी परिचालन गरीएका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताए अनुसार अपराधी उम्कन नपाउने चाँडै पत्ता लाग्ने दाबि गर्नु भएको छ । तर स्थानीयहरु भने यो घटना दीसो नै घटेको कारणले त्रसित बनेका छन् भने प्रहरी प्रसासन निश्क्रिीय भएका त्यसैले यस्तो घटना घट्न थालेको स्थानीयहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान