२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

२ जना महीलाको गहना लुटपाट, १ जना महीला भाग्न सफल

२०७२, १७ मंसिर बिहीबार ११:१३

डिवि विष्ट । मङ्सिर १७, बझाङ । बझाङ जिल्लाको ब्याँसि गाविस वर्डा नः३ थलारा पोईली घर भएकी ३ जना महीला कोषा देवि जाग्री, चन्दा देवि जाग्री, र विनु देवि जाग्री माईती घर लेकगाँउ गाविस वर्डा नः६ बुढखोरी जानेक्रममा लुटीनु भएको छ ।

१६ गते दीउसो करीब ३ बजे तिर ब्याँसि गाविस र लेकगाँउ गाविसको विचमा पर्ने अनारे खोला भन्ने जंगलमा अज्ञात समुहमा आएका २ जना ब्याक्तीले कोषा देवि जाग्री, चन्दा देवि जाग्रीले लगाएका सुनका गहनाहरु लुटेको हो । कोषा देवि जाग्रीको नाक कानमा लगाएका झन्डै ढाई तोला बराबरका गहना र चन्दा देवि जाग्रीको पनी नाक कानमा लगाएका २ तोला बराबरका गहना लुटेराहरुले लगेको कोषा देवि जाग्रीले बताउनु भयो ।

उनले भनीन् विच जंगलमा हामी २ जनालाई समात्यो र हामी संगै रहेकी विनु देवि जाग्री र उनको छोरालाई लिएर भाग्न सफल भईन । झन्डै २०।२५ उमेरका २ ब्याक्तीले एक जनाले खुकुरी र १ जनाको हातमा तरबार रहेको हामी दुबै जनालाई समातेर गर्धनमा खुकुरी र तरबार राख्यो को कुन चिन्न सकीएन दुबै जनाको मुखमा माक्स र सेतो ज्याकेट लगाएको थियो आफुले प्रतिकार गर्न खोज्दा खुकुरीले हात समेत काटीयो कोषा देवि जाग्रीले रुदै बताईन आफु बाँच्न सफल भईयो ।

लगाएको सबै गहना लुटेराहरुले एक एक गरी खोलेर लिए । चन्दा देवि जाग्रीले भने आफुलाई मारी हाल्छन्की भन्ने डर थियो तर लुटेराले केही गरेन गहना मात्र खोलेर लीयो धन्न आफ्नो ज्यान बाँच्यो ।

यसरी दीउसो नै हतियारले तर्साएर लुटेराहरुले आफुले लगाएको नाक कानका सबै गहना लीएर हीडे शरीर भरी कम्पन उत्पन्न हुदै आँखा भरी आँसु गर्दै उनले बताईन आफु माईती घर पुगे पछि आफ्नो भतीजो नाता पर्ने कटक सिहँ धामीले ईलाका प्रहरी चौकी विसौनामा खबर भए पछि ईलाका प्रहरी कार्यलय बाट प्रहरी सहायक निरीक्षक मान बहादुर बोहराको कामन्डोमा ५ जनाको अनुसन्धान टोली घटना स्थलमा खटी गएको र घटनाको थप अनुस्नधानको् निम्ती जिल्ला प्रहरी कार्यलय बाट प्रहरी नायब निरीक्षक रमेश बहादुर साही कमान्डोमा ५ जनाको टाली, जिल्ला प्रहरी कार्यलय बाट नै प्रहरी सहायब निरीक्षक भिम बहादुर चौधरीको कमान्डोमा ५ जनाको टोली त्यस्तै ईलाका प्रहरी कार्यलय मटेला बाट प्रहरी साहायक निरीक्षक चेत बहादुर वुढा ऐरको नेतृत्वमा ५ जनाको टोली र ईलाका प्रहरी कार्यलय विसौना बाट प्रहरी सहायक निरीक्षक मान बहादुर बोहराको कमानडोमा ५ जना गरी घटना स्थल लगायत आसपासमा जम्मा ४ टोली मा २० जना प्रहरी आवस्यक अनुसन्धानको लागी परिचालन गरीएका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताए अनुसार अपराधी उम्कन नपाउने चाँडै पत्ता लाग्ने दाबि गर्नु भएको छ । तर स्थानीयहरु भने यो घटना दीसो नै घटेको कारणले त्रसित बनेका छन् भने प्रहरी प्रसासन निश्क्रिीय भएका त्यसैले यस्तो घटना घट्न थालेको स्थानीयहरुको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध