२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

४ बर्षदेखि छात्रवृती नपाएको गुनासो

१७ मंसिर २०७२, बिहीबार १२:२६

सम्राट सिंह/मङ्सिर १७, बझाङ । जिल्लाको विकट गाविस काँडा ७ को धुली निमावि धुलीमा अध्ययनरत विद्यार्थीहरुले विगत ४ बर्षदेखि छात्रवृती नपाएको गुनासो गरेका छन ।

विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालय बझाङबाट बार्षिक निकासा भइरहेको अपाङ्ग,दलित,जनजाती र छात्राहरुले पाउने छात्रवृती नपाएको गुनासो गरेका हुन ।

प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निकासा भएको रकम नियम अनुसार वितरण गर्नुको साँटो रकम हिनामिना गरेको अभिभावक खाँडु लामाले बताईन् । उनले भनिन् ४ बर्षदेखि छात्रवृती नपाएको बारेमा जिल्ला शिक्षा कार्यालयलाई पटक पटक जानकारी दिदा समेत बेवास्ता गरेको छ ।

सदरमुकामबाट झण्डै ४ दिनको पैदल दुरीमा रहेको उक्त विद्यालयमा २ सय ५० विद्यार्थीहरु अध्ययनरत छन । लामो समयदेखि विद्यालयको लेखा परिक्षण नगरेको र अभिभावक भेला नगरेको र नियमित शिक्षकले अध्यापन नगराई विद्यार्थीको भविश्यमाथी खेलवाड गर्दा समेत जिल्ला शिक्षा कार्यालयबाट अनुगमन भएको छैन ।

छात्रवृती नपाउने धुली निमावि एक नमुना विद्यालय मात्र हो यस्ता अन्य विकट गाविसमा रहेका धेरै विद्यालयका विद्यार्थीहरु सरकारले दिने गरेको सुविधा बाट बञ्चित छन ।

हामीले नियमित पाउने छात्रवृतीको रकम विगत ४ बर्षदेखि नपाएको धुली निमावि धुलीमा अध्ययनरत छात्रा डोल्मा लामाले बताइन् । जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको छात्रवृती रकम कहाँ गयो खोजी हुनुपर्ने उनको भनाइ छ ।

यता जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिंहलाई छात्रवृती नपाएको बारे बुझ्न खोज्दा सिंहले आफुलाई जानकारी नभएको भन्दै आफ्नो दायित्वबाट पन्छिन खोजे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु