६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

५ असार २०७४, सोमबार ०२:२२

असार ५, नुवाकोट । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । 

किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । 

“तामाङको नागरिकतामा उल्लेख भएअनुसार बाबु/आमा नभएको र फर्जी कागजात बनाएर नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि २०७३ माघ ११ गते जारी नागरिकताको प्रमाणपत्र रद्द गरिएको प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो । 

“स्थानीय क्षेत्रबाट मुचुल्का र गाविसको कार्यालयबाट समेत स्वीकृत लिएर आएपछि क्याट्रिना तामाङलाई नागरिकताको प्रमाणपत्र दिएका थियौँ ।” उहाँले भन्नुभयो “पेस भएको कागजात फर्जी र गैरकानुनी पाइएपछि नुवाकोट प्रशासनले रद्द गरी त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाएका छौँ ।” 

तामाङले प्राप्त गरेको नेपाली नागरिकताको आधारमा राहदानीको फारामसमेत भरिसकेकाले त्यसलाई पनि रद्द गर्न पराराष्ट्र मन्त्रालय, राहदानी विभागमा नुवाकोट प्रशासनले पत्राचार गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या