४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ठेकदारको लार्पबाहिले पुल निर्माण कार्य सुरु भएन

२४ मंसिर २०७२, बिहीबार ०५:५५

सम्राट सिंह, मंसिर २४, बझाङ / पेश्की लिएको ७ महिना बितिसक्दा समेत सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल ठेकदारको लार्पबार्हिले निर्माण कार्य सुरु हुन सकेको छैन । पुल निर्माणको जिम्मा पाएका निलगिरी जागृती जेवीका प्रतिनिधि दिपक रोकायाको लार्पबाहिले निर्माण कार्य अगाडि नबढेको हो । जिल्ला विकास समिति मार्फत सेती नदीमा निर्माण हुन थालेको ७० मिटर लम्बाइ रहेको उक्त पक्की पुलको कुल लागत ६ करोड ७८ लाख रहेको छ ।

ठेकदारले पेश्की लिएर पुल निर्माण कार्य सुरु नगर्दा समेत जिल्ला विकास समितिको ध्यान जान नसकेको स्थानिय चन्द्र सिंहले बताए । जिल्ला विकास समितिले पुल निर्माण कार्य अघि बढाउन पहल नगरे जनता आन्दोलित हुने समेत उनको भनाइ छ ।

लामो समयसम्म पुल निर्माण कार्य सुरु नभएपछि जनतामा पुल नबन्ने हो कि भन्ने निरासा छाएको छ । २०७२ बैशाख १ गते सम्झौता भएको उक्त पुल २०७४ असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जेठ महिनामा नै ६० लाख पेश्की लिएर ठेकदारले पुल निर्माण कार्य हालसम्म पनि सुरु नगरेको जिविसका सव इन्जीनियर हरिशंकर जोशीले बताए । उनले भने ठेकदारलाई ताकेता पत्र दिएका छौ तत्काल पुल निर्माण कार्य अघि नबढाए कार्यालयको नियम अनुसार कारबार्हि गरिने छ ।

जिल्लामा हुने हरेक निर्माणका कार्यहरु ठेकदारले ढिलासुस्ती गर्ने,कम रकममा निर्माण कार्य पेटी ठेकदारलाई काम दिने, न्यून गुणस्तर भएका संरचना निर्माण गर्दा पनि सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन । पानकोटमा पक्की पुल निर्माण पश्चात छान्ना क्षेत्रका ६ वटा गाविस तथा जयपृथ्वी नगरपालिकाका बासिन्दाहरु लाभान्वित हुने देखिन्छ ।

यता पुल निर्माणको जिम्मा लिएका निलगिरी जागृती जेवीका प्रतिनिधि दिपक रोकायाले भारतले लगाएको अघोषित नाकाबन्दी का कारण तेल अभाव हुँदा पुल निर्माण कार्य रोकिएको बताए । उनले भने नाकाबन्दी खोलिए पछि तत्काल निर्माण कार्य अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ