२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्लामा चिसो बढ्यो, न्यानो कपडा आवस्यक मात्रामा नपाउदा स्थानीय चिन्तीत

२४ मंसिर २०७२, बिहीबार ०६:२८

डिवि विष्ट, मंंसिर २४, बझाङ / बझाङ जिल्लामा अत्याधिक चिसो बढेको छ । विगतका बर्षहरुमा भन्दा यो बर्ष चिसो अत्याधिक बढेको स्थानीयहरुको भनाई रहेको छ । विगतका बर्षहरुमा यो महीनामा चिसो कम मात्रामा हुने गरेको भए पनी यस बर्ष भने पौष महीनामा हुने चिसो मंसिर महीनामा नै हुन थालेको स्थानीयहरुले बताउने गरेका छन् ।

चिसो बढे संगै जिल्लामा रहेका विषेसत वृद्ध वृद्धा बालबालीका प्रभावित बनेका छन् । चिसो मौसम लागे संगै स्वास्थ्य संस्थाहरुमा रुघा खोकीका विरामीहरुको संख्यामा वृद्धी भएको स्वास्थ्य संस्थाका प्रमुखहरुको भनाई रहेको छ । यसरी चीसो बढे पनी जिल्लामा रहेका स्थानीय बजारहरुमा न्यानो कपडा नपाईने गरेको जिल्लाका सर्व साधारण ब्याक्तीहरुको भनाई रहेको छ । बजारमा पाईएको कपडाको पनी ब्यापारीहरुले कपाडाको मुल्य भन्दा दोब्बर तेब्बर मुल्लयमा विक्री गर्ने गरेको स्थानीय सुरेन्द्र विष्टले बताउनु भयो ।

स्थानीय ब्यापारीहरुको् भनाई अनुसार भारतले गरेको अघोषित नाकाबन्दीका कारण जिल्लामा चिसो मौसममा ल्याउनु पर्ने कपडा नपाएको, ब्यापारीहरुले पुरानो स्ट्रक कपडा विक्री गरी राखेको नयाँ कपडा बजारमा नआएको बजारमा आएको कपडा पनी महंगो मुल्यमा ल्याउनु परेको कारणले कपडाको मुल्य महंगो भएको ब्यापारी रामराज बोहोराले बताउनु भयो । यसरी न्यानो कपडा नपाउदा स्थानीयहरु चिन्तीत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प