डिवि विष्ट, मंंसिर २४, बझाङ / बझाङ जिल्लामा आज रेडिएन्ट ग्याँस पुगेको छ । भारतले लगाएको अघोषित नाका बन्दी पश्चात जिल्लामा पहीलो पटक ग्याँस आएको हो । ग्याँस न आएको झन्डै ३ महीना पुग्न थालेको थियो ।
आज आएको ग्याँस आज बेलुका ५ बजे मात्र वितरण हुने रेडीएन्ड ग्याँस अधिकृत विक्रेता तथा बझाङ ट्रेड एन्ड सप्लायर्सका प्रो प्राईटर रुपक जोशीले जानकारी दीनु भयो ।
जोशीका अनुसार आज आएका ग्याँस आधा सिलीन्डर ७.५ केजी मात्र रहेको छ । मुल्य पनी आधा ९ सय ७० पर्ने जोशीले बताउनु भयो । २ महीना अगाडी देखी नै झन्डै ४ सय जना ब्याक्तीले ग्याँसको लागी चिट काटी सकेको छ ।
आएको ग्याँस चिट काटेका ब्याक्तीहरुलाई मात्र पुग्न सक्ने जोशीले बताउनु भयो । १ ट्रक ग्याँस आएको भए पनी सबैलाई पुर्याउने समेत जोशीले बताउनु भएको छ । बाँकी रहेका ग्राहकहरुको लागी पछि ग्याँस उपलब्ध गराईने उहाँको भनाई रहेको छ ।