2026-07-25 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षा

काठमाडौं । विगत लामो समयदेखि आपतकालीन हवाई उद्धारलाई प्रभावकारी बनाउन अनसनरत दिपक सिलवालले अनसन अन्त्य गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिहरुबीच सहमति भएपछि सिलवालले अनसन तोडेका हुन् ।
ग्रामिण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको माग राखी २०८१ भदौ २१ गतेदेखि तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–५ का ४२ वर्षीय दीपक सिलवाल आमरण अनशनमा थिए ।

उक्त छलफलमा मानव सेवाको पवित्र प्रयासलाई उच्च सराहना सहित धन्यबाद व्यक्त गर्दै जारी आमरण अनसनलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराइएको छ ।

यसको साथै, सरकार गर्भवती तथा सुत्केरी महिलाहरु विपद् एवम् आकस्मिक घटनाहरुका कारण घाइने भई सधन उपचार आवश्यक भएका (तत्काल सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागी ज्यान जान सक्ने अवस्या रहेका) हरुको आपतकालीन हवाई उद्धार गर्नुपर्ने विषयमा संवेदनशील रहेको पनि जानकारी गराइएको छ ।

यसको साथै, छलफलमा हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट दुर्गम क्षेत्रका ज्यान जोखिममा परेको गर्भवती तवा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ बमोजिम गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार भइरहेको, गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय विपद व्यवस्थापन कोषमार्फत विपद् तथा आकस्मिक घटनामा परेकाहरुको बावश्यकता अनुसार हवाई उद्धार भइरहेको, प्रदेश सरकार तथा स्थानीय तहहरुबाट समेत आपतकालीन उद्धारको समन्वय भइरहेको समिक्षा गरिएको छ ।

त्यस्तै, संघीय राजधानी काठमाडौका अतिरिक्त पश्चिम क्षेत्रमा सुर्खेत र पूर्वी क्षेत्रमा इटहरीमा देश नेपाली सेनाको हेलिकप्टर आपतकालीन उद्धारमा प्राथमिकताका साथ उपयोग गर्ने व्यवस्था मिलाइएको समेत समिक्षा गरियो ।

छलफलमा आपतकालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत साधन र प्रतिबद्ध संयन्त्रको व्यवस्था गरी थप प्रभावकारी बनाउने पनि विश्वास पनि दिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक