२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नवरात्रको छैठौंदिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

२३ आश्विन २०८१, बुधबार ०८:५८

काठमाडौं । आज आश्विनशुक्लपष्ठीकाअर्थात् नवरात्रको छैठौं दिन ।आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजाआराधनागरिँदै छ ।

आश्विनशुक्लषष्ठीकादिनप्रत्येकवर्ष कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा रहेको छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवीकात्यायनऋषिकाआश्रममाअत्यन्त सुन्दरी कुमारीका रुपमाअवतार लिइछन् ।

उनको बाल सौन्दर्यबाटमुग्धभएर कात्यायनऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नामकात्यायनीभएको विभिन्नपौराणिकग्रन्थमाउल्लेख गरिएको छ ।

कात्यायनी देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वापूजा कोठामा वैदिकविधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिनघटस्थापनागरिएको स्थानमा नौ दुर्गामध्येकीपहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधनागरियो । दोस्रो दिनशुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधनागरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथपूजाआराधनागरियो । चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधनागरिएको थियो । पाँचौँदिन सोमबार पनि चौथीतिथि वृद्धिभएकाले कुष्माण्डा देवीकै पूजाआराधनागरिएको थियो । नवरात्रको छैटौँदिनआजभने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिनसिद्धिदात्रीको पूजाआराधनागर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदयकालमातिथि परेको नेपालपञ्चाङ्गनिर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनिभनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल