२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बिरामीको मृत्युपछि पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर

२०८१, ६ कार्तिक मंगलवार १६:३५

काठमाडौँ | वनस्थली निवासी ज्ञानप्रसाद रिमालको मृत्यु भएको घटनामा ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा दायर गरिएको छ। रिमालको परिवारले अस्पताल र चिकित्सकहरूको लापरवाही तथा गलत औषधि प्रयोगका कारण उनको मृत्यु भएको दाबी गरेको छ।

रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए, असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। असोज ४ गते उपचारकै क्रममा उनको मृत्यु भएको थियो। परिवारको दाबीअनुसार, चिकित्सकहरूले गलत औषधिको प्रयोग गरी लापरवाही गरेको र यही कारणले रिमालको मृत्यु भएको हो।

रिमाललाई अस्पतालमा भर्ना भएपछि मुटुको समस्या देखिएपछि मुटुको इसीजी गरिएको थियो। त्यसपछि डा. रञ्जितकुमार शर्माको टोलीले असोज २ गते एन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेको थियो र उनलाई आइसीयूमा सारिएको थियो। परिवारलाई त्यसबेला बिरामीको अवस्था सामान्य रहेको जानकारी दिइएको थियो। परिवारका सदस्यहरूलाई पनि उनलाई भेट्न अनुमति दिइएको थियो र कुरुवा बस्नु नपर्ने भनिएकाले परिवार घर फर्किएको थियो।

असोज ३ गते बिहान ६ बजे परिवारले बिरामीको अवस्था सामान्य रहेको जानकारी पाए पनि, रिमालको हात सुन्निएर निलो भएको बताइएको थियो। त्यसै दिन राति बिरामीको हातमा फोका देखा पर्न थालेको थियो। परिवारले रातभर बिरामीको कुनै जानकारी नपाएको र भोलिपल्ट बिहान ६ बजे अस्पताल पुगेपछि बिरामीको हातमा टेपको एलर्जी भएको र अत्यधिक रगत बगेको जानकारी प्राप्त गरेको थियो। अस्पतालले हातको अवस्था गम्भीर भए पनि उक्त जानकारी परिवारसँग लुकाएको आरोप लगाइएको छ।

अन्ततः, रिमालको हातमा शल्यक्रिया गरिएको थियो, तर अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको परिवारको आरोप छ। मृत्युपछि अस्पतालले आफ्नो लापरवाहीलाई लुकाउन परिवारसँग कुनै शुल्क नलिएको र सात लाख रुपैयाँ उपचारमा छुट दिएको फिरादपत्रमा दाबी गरिएको छ।

फिरादपत्रमा अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न घटना लुकाउने प्रयास गरेको र यसबाट पीडित परिवारले उचित न्याय र क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता