५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बिरामीको मृत्युपछि पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर

६ कार्तिक २०८१, मंगलवार १६:३५

काठमाडौँ | वनस्थली निवासी ज्ञानप्रसाद रिमालको मृत्यु भएको घटनामा ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध पाँच करोड रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा दायर गरिएको छ। रिमालको परिवारले अस्पताल र चिकित्सकहरूको लापरवाही तथा गलत औषधि प्रयोगका कारण उनको मृत्यु भएको दाबी गरेको छ।

रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए, असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। असोज ४ गते उपचारकै क्रममा उनको मृत्यु भएको थियो। परिवारको दाबीअनुसार, चिकित्सकहरूले गलत औषधिको प्रयोग गरी लापरवाही गरेको र यही कारणले रिमालको मृत्यु भएको हो।

रिमाललाई अस्पतालमा भर्ना भएपछि मुटुको समस्या देखिएपछि मुटुको इसीजी गरिएको थियो। त्यसपछि डा. रञ्जितकुमार शर्माको टोलीले असोज २ गते एन्जीयोग्राम सफलतापूर्वक सम्पन्न गरेको थियो र उनलाई आइसीयूमा सारिएको थियो। परिवारलाई त्यसबेला बिरामीको अवस्था सामान्य रहेको जानकारी दिइएको थियो। परिवारका सदस्यहरूलाई पनि उनलाई भेट्न अनुमति दिइएको थियो र कुरुवा बस्नु नपर्ने भनिएकाले परिवार घर फर्किएको थियो।

असोज ३ गते बिहान ६ बजे परिवारले बिरामीको अवस्था सामान्य रहेको जानकारी पाए पनि, रिमालको हात सुन्निएर निलो भएको बताइएको थियो। त्यसै दिन राति बिरामीको हातमा फोका देखा पर्न थालेको थियो। परिवारले रातभर बिरामीको कुनै जानकारी नपाएको र भोलिपल्ट बिहान ६ बजे अस्पताल पुगेपछि बिरामीको हातमा टेपको एलर्जी भएको र अत्यधिक रगत बगेको जानकारी प्राप्त गरेको थियो। अस्पतालले हातको अवस्था गम्भीर भए पनि उक्त जानकारी परिवारसँग लुकाएको आरोप लगाइएको छ।

अन्ततः, रिमालको हातमा शल्यक्रिया गरिएको थियो, तर अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको परिवारको आरोप छ। मृत्युपछि अस्पतालले आफ्नो लापरवाहीलाई लुकाउन परिवारसँग कुनै शुल्क नलिएको र सात लाख रुपैयाँ उपचारमा छुट दिएको फिरादपत्रमा दाबी गरिएको छ।

फिरादपत्रमा अस्पतालले आफ्नो गल्ती ढाकछोप गर्न घटना लुकाउने प्रयास गरेको र यसबाट पीडित परिवारले उचित न्याय र क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ