२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

२८ कार्तिक २०८१, बुधबार ०९:०३

काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।

३४ वर्षीय लास्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी–२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्।

’एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लास्कले भने ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे।

एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्।

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्।

त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव