Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कति छ आज तरकारी र फलफूलको मूल्य ?

By साझासवाल

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारीको मूल्य बढेको छ ।

कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारीका स्कुस छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ । स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने कुरिलोको मूल्य एक हजार ५० रुपैयाँ छ ।

त्यसैगरी लाम्चो भन्टा ३५, तने बोडी १२५, मकै बोडी ५५, करेला ११०, फर्सी ३५, भिन्डी ८५, स्कुस १७, तोरी र रायोको साग ५५, चम्सुरको साग ११०, कन्य च्याउ २१३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ७५, भारतीय रातो आलु ७२, सेतो आलु ६३, सुकेको भारतीय प्याज ६३, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ ।