2026-09-21 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ

काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताउँदै धम्की दिएर रकम असुल्ने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर स्थायी घर भइ ललितपुरमा बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाललाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।

एसएसपी सानुराम भट्टराईका अनुसार, दाहालले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई फोन गरी आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको दाबी गर्ने गरेका थिए। उनले धम्की दिँदै भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की दिने गरेको खुलेको छ।

५० हजारदेखि २ लाखसम्म माग
दाहालले धम्कीमार्फत ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सूचना प्राप्त भएपछि प्रहरी टोलीले शंखमुलबाट उनलाई नियन्त्रणमा लिएको हो।

दाहाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। यो घटना सार्वजनिक भएपछि समाजमा शैक्षिक र पेशागत व्यक्तिहरूको आपराधिक गतिविधिबारे पनि बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो