८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

१० मंसिर २०८१, सोमबार १५:५०

काठमाडौँ | नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ।

ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।

थप अनुसन्धान गर्नुपर्ने देखिएकी मनिषा घटनाका मुख्य योजनाकार ताजकी प्रेमिका हुन्। उनैको योजनामा भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेका थिए।

मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन्।

शाही र पोखरेल फरार छन्। थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘कनेक्सन’ गराइदिएको आरोप छ। थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन्।

थापाले हनी ट्रयापको सिलसिलमा रहेका इस्लामसँग एयरपोर्टस्थित एक होटलमा भेटेको तथ्यसमेत फेला परेको छ।

इस्लाम सुनसरीका हुन्। थापा सुनसरी बस्दासमेत इस्लाम उनीसँग निकट रहेको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता