२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन

२०८१, १० मंसिर सोमबार १५:५०

काठमाडौँ | नेपाल प्रहरीका एसपी कमल थापाविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।

‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित थप चार जनालाई जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार प्रहरीलाई निर्देशन दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदन आधारमा सोमबार प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। थापासहित अन्य पाँच जनालाई थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ।

ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गरी प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएको हो।

थप अनुसन्धान गर्नुपर्ने देखिएकी मनिषा घटनाका मुख्य योजनाकार ताजकी प्रेमिका हुन्। उनैको योजनामा भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक शाहीसहितले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै २० लाख रुपैयाँ असुलेका थिए।

मुद्दा दायर भएकामा शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापा छन्।

शाही र पोखरेल फरार छन्। थापाले हनी ट्रयाप प्रकरणमा इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर शाहीसँग ‘कनेक्सन’ गराइदिएको आरोप छ। थापा कञ्चनपुरमा एसपी हुँदा शाही उनीसँगै काम गर्थिन्।

थापाले हनी ट्रयापको सिलसिलमा रहेका इस्लामसँग एयरपोर्टस्थित एक होटलमा भेटेको तथ्यसमेत फेला परेको छ।

इस्लाम सुनसरीका हुन्। थापा सुनसरी बस्दासमेत इस्लाम उनीसँग निकट रहेको बुझिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने