काठमाडौँ | वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।
उनले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले बताए । आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।