२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ

२०८१, १२ मंसिर बुधबार १७:४३

काठमाडौँ | भक्तपुरमा एक फार्मेसी सञ्चालकलाई अनलाइनमार्फत “घाउ ड्रेसिङ गर्नुपर्ने छ” भनेर बोलाई हनिट्रयापमा पारेको घटनामा संलग्न गिरोहका तीन सदस्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा इलाम घर भई नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका घर भई स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी, र उनकी २५ वर्षीया बहिनी वर्षा दर्जी रहेका छन्। उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।

घटनाको विवरणअनुसार, फार्मेसी सञ्चालकले अनलाइनमार्फत घरमै ड्रेसिङ सेवा दिने गर्दथे। यसै क्रममा वर्षा दर्जीले उनलाई “मेरो खुट्टाको घाउ ड्रेसिङ गर्न भक्तपुर राधेराधेमा आउनुहोस्” भनेर बोलाइन्। मंसिर ६ गते ती युवक स्कुटरमा उक्त स्थानमा पुगे। त्यहाँ वर्षाले उनलाई एउटा कोठामा लगेर भनिन्, “ड्रेसिङ गर्नुपर्ने मेरी बुढी आमा हुन्। यता बस्दै गरौं।”

कोठामा केही समय बितेपछि समृद्धि मगर त्यहाँ आइन् र युवकमाथि “मेरो नन्दलाई बलात्कार गर्न खोजेको” आरोप लगाइन्। परिस्थितिलाई गम्भीर देखेपछि ती युवक कोठाबाट स्कुटर लिएर हिँडे।

पछिल्लो दिन वर्षा, दीपेन्द्र, र समृद्धिले फार्मेसीमा पुगेर युवकलाई धम्की दिँदै बलात्कारको मुद्दा लगाउने भन्दै १८ लाख मागे। बार्गेनिङपछि ८ लाखमा सहमति भएपछि, ती युवकले ५० हजार नगद र ७५ हजारको चेक दिएका थिए। लेनदेन भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा भएको पुष्टि भएको छ।

समृद्धिले पीडितसँग आफू वर्षाको भाउजू भनेकी थिइन् । तर, उनी भाउजू नभएको अनुसन्धानबाट थाहा भएको छ । उक्त घटनामा संलग्न एक जना अझै फरार छन्। हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

पक्राउ परेका तीन जनालाई आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको एसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ