१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ

१२ मंसिर २०८१, बुधबार १७:४३

काठमाडौँ | भक्तपुरमा एक फार्मेसी सञ्चालकलाई अनलाइनमार्फत “घाउ ड्रेसिङ गर्नुपर्ने छ” भनेर बोलाई हनिट्रयापमा पारेको घटनामा संलग्न गिरोहका तीन सदस्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा इलाम घर भई नयाँथिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका घर भई स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी, र उनकी २५ वर्षीया बहिनी वर्षा दर्जी रहेका छन्। उनीहरूलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।

घटनाको विवरणअनुसार, फार्मेसी सञ्चालकले अनलाइनमार्फत घरमै ड्रेसिङ सेवा दिने गर्दथे। यसै क्रममा वर्षा दर्जीले उनलाई “मेरो खुट्टाको घाउ ड्रेसिङ गर्न भक्तपुर राधेराधेमा आउनुहोस्” भनेर बोलाइन्। मंसिर ६ गते ती युवक स्कुटरमा उक्त स्थानमा पुगे। त्यहाँ वर्षाले उनलाई एउटा कोठामा लगेर भनिन्, “ड्रेसिङ गर्नुपर्ने मेरी बुढी आमा हुन्। यता बस्दै गरौं।”

कोठामा केही समय बितेपछि समृद्धि मगर त्यहाँ आइन् र युवकमाथि “मेरो नन्दलाई बलात्कार गर्न खोजेको” आरोप लगाइन्। परिस्थितिलाई गम्भीर देखेपछि ती युवक कोठाबाट स्कुटर लिएर हिँडे।

पछिल्लो दिन वर्षा, दीपेन्द्र, र समृद्धिले फार्मेसीमा पुगेर युवकलाई धम्की दिँदै बलात्कारको मुद्दा लगाउने भन्दै १८ लाख मागे। बार्गेनिङपछि ८ लाखमा सहमति भएपछि, ती युवकले ५० हजार नगद र ७५ हजारको चेक दिएका थिए। लेनदेन भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा भएको पुष्टि भएको छ।

समृद्धिले पीडितसँग आफू वर्षाको भाउजू भनेकी थिइन् । तर, उनी भाउजू नभएको अनुसन्धानबाट थाहा भएको छ । उक्त घटनामा संलग्न एक जना अझै फरार छन्। हनिट्रयाप धन्दा सञ्चालन गर्न उनीहरूले भक्तपुरमा कोठा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

पक्राउ परेका तीन जनालाई आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको एसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा फरार सांसद बस्नेतको बिदा संसदबाट स्वीकृत कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ कलंकीमा बिजुलीको पोलमा आगलागी  अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थी नेपाल छिर्दै, चारजना नियन्त्रणमा तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु दीपक बोहोराको निधन राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति : लिङदेन बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान यूएईले ६६ नेपाली बन्दीलाई दियो आम माफी, सरकारद्वारा कृतज्ञता व्यक्त दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज