2026-09-21 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, ‘डिजिज अफ द लिभर’ को कारण मृत्यु

काठमाडौँ | कालीमाटीको सङ्गीत मार्गमा मृत फेला परेकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकका अनुसार उनको मृत्यु लिभरको समस्याका कारण भएको देखिएको छ। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण ‘डिजिज अफ द लिभर’ भएको उल्लेख गरेको छ।

सुर्खेतीको शव फेला परेको दिन २२ वर्षीय कवीन्द्र बोहरा पक्राउ परेका थिए। बझाङ घर भएका बोहराले मृतकको शव काँधमा बोकेर सडकमा फालेको स्वीकार गरेका छन्। उनीमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

लागुऔषध दुव्र्यसनीका कारण प्रहरीको निगरानीमा रहेका बोहरालाई घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको चप्पलको आधारमा पहिचान गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार फुटेजमा देखिएको चप्पल र बोहराको चप्पल उस्तै देखिएपछि उनलाई पक्राउ गरिएको थियो।

कवीन्द्र बोहराले यसअघि १० पटक विभिन्न अपराधका लागि पक्राउ परेका थिए। अभद्र व्यवहार, चोरी, डाँका, र अन्य अपराधमा संलग्न भएको विवरण उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ।

२०८१ कार्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा पक्राउ गरिएको थियो भने यसै वर्ष वैशाख र भदौमा उनी अभद्र व्यवहारको कसुरमा फसेका थिए।

बोहराले जानुका सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या आरोप अस्वीकार गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो