१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

हत्या कसुरमा जेल बसेर छुटेका दीपेन्द्र दर्जीको योजनामा हनी ट्रयाप!

१४ मंसिर २०८१, शुक्रबार १८:०६

भक्तपुर | भक्तपुरमा एक अहेबलाई हनी ट्रयापमा फसाउने योजनामा संलग्न व्यक्ति हत्या कसुरमा जेल बसेर छुटेको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई हनी ट्रयापको आरोपमा पक्राउ गरेपछि यो घटना बाहिर आएको हो।

अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काका अनुसार २०७१ सालमा व्यक्ति हत्याको कसुरमा जेल चलान भएका दीपेन्द्र दर्जीले यो योजना बनाएका थिए। उनी हाल फरार एक व्यक्तिसँग मिलेर यो घटना घटाएको बताइएको छ।

भक्तपुरमा मेडिकल सञ्चालन गर्दै आएका अहेब सुमन (नाम परिवर्तन) हनी ट्रयापको शिकार भएका हुन्। मेडिकलमार्फत अनलाइन सेवा दिने सुमनलाई वर्षा दर्जी नाम गरेकी महिलाले घाउको ड्रेसिङका लागि बोलाएकी थिइन्।

८ मंसिरमा वर्षाको भनाइअनुसार उनी भक्तपुरको मध्यपुर ठिमीमा रहेको एक कोठामा पुगे। तर, त्यहाँ कुनै घाउ नभएको थाहा पाएपछि अहेबले कोठाबाट बाहिरिन खोज्दा उनलाई फसाउने प्रयास गरियो। कोठाको चुकुल लगाएर बलात्कारको आरोप लगाउने धम्की दिइयो।

त्यसपछि दीपेन्द्र र अन्य व्यक्ति घटनास्थलमा आइपुगे। उनीहरूले अहेबलाई ब्ल्याकमेल गर्दै १८ लाख रुपैयाँ माग गरेका थिए। बार्गेनिङपछि ८ लाख रुपैयाँ दिने सहमति भयो। अहेबले नगद २५ हजार, क्युआरमार्फत २५ हजार, र ७५ हजारको चेक दिएका थिए।

ब्ल्याकमेलिङ र रकम असुलीका घटना दोहोरिएपछि अहेब प्रहरीमा पुगे। अपराध अनुसन्धान कार्यालयले १२ मंसिरमा भक्तपुरबाट दीपेन्द्र दर्जी, वर्षा दर्जी, र समृद्धि मगरलाई पक्राउ गर्‍यो।

पक्राउ परेकाहरूबाट ७५ हजारको चेक, नगद २०,५००, र चार मोबाइल बरामद गरिएको छ। अहिले भक्तपुर प्रहरीले उनीहरूमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान गरिरहेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते