Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडान अनुमति नलिदा भैरहवाबाट कतार एयरवेजको उडान रोकियो

२०८१, १८ मंसिर मंगलवार १२:०६

काठमाडौँ | भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदा उडान रोकिन पुगेको हो ।

एयरवेजले गत कार्तिक २७ गते देखि वाइडबडी विमान एयरबस ३३० बाट दैनिक दोहा भैरहवा काठमाडौं दोहा रुटमा व्यवसायिक उडान सुरु गरेको थियो ।

कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

उनले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको बताए ।

‘कतार एयरवेजले अनुमति लिदा ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर, कार्तिक २७ गते देखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको थियो’,उनले भने,‘उक्त समयावधीको अनुमति लिदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो । तर, अहिलेसम्म थप अनुमतिको लागि प्रस्ताव गरेको छैन ।’

उनले आफूहरूले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए ।

हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स,जजिरा एयरवेज,फ्लाई दुबई र थाई एयर एशियाले नियमित उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कतार एयरवेजले काठमाडौं भन्दा भैरहवादेखि दोहा (कतार) को हवाई भाडा निकै मंगहो गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ