असार २१, गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । 

उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । 

उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउ"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

२०७४, २१ असार बुधबार ०८:५२


असार २१, गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । 

उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । 

जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने टुटेका कतिपय सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । 

पानी परिरहेको र सडकमाथिबाट पहिरो र ठूलाठूला ढुङ्गा खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रेम श्रेष्ठले बताउनुभएको छ । 

त्यसैगरी पहिरो गएका कारण गएरातिदेखि गुल्मीको इन्द्रेगाँैंडा –रातडाँडा सडकखण्ड पनि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट सदरमुकाम तम्घास आउने यात्रु पनि अलपत्र परेका छन् । 

अबिरल वर्षाका कारण बडीघाट खोलामा समेत ठूलो बाढी आएको छ । बाढीका कारण खोला छेउका स्थानीय बासिन्दा त्रस्त छन् । वर्षाले गुल्मीकै क्षेत्र नं– ३ अन्तर्गतका एक दर्जन भन्दाबढी ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ