असार २१, काठमाडौँ । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।&n"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानकि दश वर्षीया बालिकाको पेटबाट सात किलोको ट्युमर झिकियो

२०७४, २१ असार बुधबार १३:३२


असार २१, काठमाडौँ । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ । 

तीन घन्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले मङ्गलबार शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ । 

सर्जन चौधरीका अनुसार अहिले बिरामीका अवस्था खतरामुक्त भए पनि विशेष हेरचाहको आवश्यकता रहेको बताउनुभयो ।  “पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १०० जनामा दुई जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा सात किलोको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ ।” 

चिकित्सकका अनुसार आठ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हँुदै जाँदा अन्य रोगको जोखिम बढ्ने, शल्यक्रिया पनि जोखिमपूर्ण रहेको थियो । हरेक वर्ष कान्तिबाल अस्पतालमा करिब ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भए पनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको सात किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरेको डा चौधरीले अनुभव सुनाउनुभयो । 

गर्भावस्थादेखि नै नियमित जाँच गराउने र कुनै समस्या देखिएमा तुरुन्तै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नहुने डा चौधरीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन