८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

व्यवस्थित हुन सकेन नवलपरासीको साप्ताहिक हाटबजार

२२ असार २०७४, बिहीबार ०९:०३

असार २२, नवलपरासी । सदरमुकाम परासी बजारको अव्यवस्थित साप्ताहिक हाटबजारमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

सडकको अवस्था नाजुक छ । आवतजावत गर्न समस्या भएको छ । बजारमा सवारिसाधन पार्किङ गर्ने स्थानको अभाव छ । सर्वसाधारणले सडकमै पार्किङ गर्ने गरेका छन् । हाटबजारमा खाने पानीसमेत छैन । 

आधाभन्दा बढी व्यापारीले खुला आकाशमुनि पसल सञ्चालन गर्दैआएका छन् । बजारमा मासु पसल अव्यवस्थित रुपमा सञ्चालन गरिएका छन् । जताततै फोहर भएकाले बजारमा प्रदूषण बढेको स्थानीय कमला थापा बताउनुहुन्छ । नगरपालिकाले उक्त क्षेक्रलाई खुला दिसामुक्त घोषण गरे पनि बजार वरपर फोहरै फहोर देखिन्छ । 

सातामा दुई पटक लाग्ने परासी हाट बाजारको अवस्था सुधार्न रामग्राम नगरपालिकाले प्रभावकारी पहल नथालेको हाट बजार व्यस्थापन समितिका अगुवा राधेश्याम अग्रहरीले बताउनुभयो । रामग्राम नगरपालिकाले वार्षिक रु १० लाखको बजार ठेक्का लगाउने गरेको छ । तर बजारको व्यवस्थापन भने गर्न सकेको छैन । 

झरही नदी किनारमा लाग्ने हाट बजारमा व्यापारीले खुलेआम बधशाला सञ्चालन गरेका छन् । गर्मीको मौसममा खोलाको बालुवा उडेर बजारसम्म पुग्छ । बजारलाई व्यवस्थित गर्नुपर्ने स्थानीयवासी सुरेन्द्र गुरुङ बताउनुहुन्छ । 

आगामी दिनमा हाट बजार व्यवस्थित गरिने रामग्राम नगरपालिकाका शहरी विकास शाखा प्रमुख भगौती यादवले बताउनुभयो । रामग्राम नगरपालिका– २ मा साप्ताहिक हाट बजार बुधबार र शनिबार लाग्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी