2026-09-18 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा २ छोरासहित युवतीको मृत्यु: परपुरुषसँग लागेको भन्दै श्रीमानले गर्थे कुटपिट

नुवाकोट | नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चेमा २३ वर्षीया चन्दीमाया तामाङ आफ्ना दुई नाबालक छोरासहित मृत अवस्थामा फेला परेकी थिइन्। आइतबार बिहान श्रीमान् रेसबहादुरसँगको विवादपछि चन्दीमायाले आत्महत्या गरेकी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

चन्दीमायाका आफन्तले उनी र उनका श्रीमान् रेसबहादुरबीच अक्सर घर झगडा हुने गरेको बताएका छन्। आइतबार बिहान पनि उनीहरूबीच विवाद भएको थियो। विवादकै क्रममा रेसबहादुरले चन्दीमायालाई थप्पड हानेको स्वीकार गरेका छन्।

वडाध्यक्ष पशुपति घलेका अनुसार रेसबहादुरले चन्दीमायालाई परपुरुषसँगको सम्बन्धको आरोप लगाउँदै कुटपिट गर्ने गरेका थिए। आइतबार पनि सोही कारण झगडा भएको थियो।

झगडापछि रेसबहादुर बारीमा केराउ टिप्न गएको समयमा चन्दीमायाले आफ्नी ठूलीआमालाई फोन गरी आफूलाई कुटपिट भएको बताउँदै अब बाँच्न नसक्ने र सन्तानलाई पनि साथमा लैजाने कुरा गरेकी थिइन्। त्यसपछि फोन काटेकी उनले अर्को फोन उठाइनन्।

चन्दीमायाका दाजु नाता पर्ने छेउका चोक्ता तामाङले फोनमा सुनेपछि घर पुगे। ढोका भित्रबाट बन्द भएकाले झ्यालबाट हेर्दा चन्दीमायालाई झुन्डिएको देखे। ढोका फोरेर छिर्दा चन्दीमाया र उनका दुई छोराको शव भेटियो।

जेठो छोरा रोशन (५ वर्ष) र कान्छो छोरा रोहन (३ वर्ष) पनि झुन्डिएको अवस्थामा थिए। चन्दीमाया बलोमा झुन्डिएकी थिइन् भने छोरा अलग–अलग बलोमा झुन्डिएका थिए।

घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको छ। श्रीमान् रेसबहादुरसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी तिलक भारतीका अनुसार, यो घटना हत्या वा आत्महत्या हो भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक रूपमा चन्दीमायाले आफ्ना सन्तानलाई मारेपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्टपछि मात्र वास्तविकता पत्ता लाग्नेछ।

स्थानीयका अनुसार चन्दीमाया र रेसबहादुरको ६ वर्षअघि प्रेम विवाह भएको थियो। तर, पछिल्लो समय उनीहरूबीच घरेलु कलह हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम