२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुरको रेस्टुरेन्टमा विवाद हुँदा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या

२०८१, ९ पुष मंगलवार १२:२३

ललितपुर | ललितपुरको रेस्टुरेन्टमा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उक्त रेष्टुरेन्टमा काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए । आपसी विवादका क्रममा एकाएक भट्टले चक्कु प्रहार गरेको बताइएको छ ।

राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने