९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुरको रेस्टुरेन्टमा विवाद हुँदा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या

९ पुष २०८१, मंगलवार १२:२३

ललितपुर | ललितपुरको रेस्टुरेन्टमा चक्कु प्रहार गरी २३ वर्षीय युवकको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा उक्त रेष्टुरेन्टमा काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिए । आपसी विवादका क्रममा एकाएक भट्टले चक्कु प्रहार गरेको बताइएको छ ।

राति ९ बजेर २० मिनेटतिर भएको उक्त घटनापछि चक्कु प्रहार गर्ने भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको छ ।

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो