८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद

१० पुष २०८१, बुधबार १७:१६

काठमाडौँ | प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

रसुवाका जितबहादुर तामाङ र सिन्धुपाल्चोकका रविन धमला तार्केश्वर नगरपालिकको लोलाङ र संखुवासभाका सन्तोष खाती जोरपाटीबाट पक्राउ परेका थिए । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित पक्राउ परेका तीन युवा अवैध सुनको कारोबारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार, तामाङ र धमलाको साथबाट ७७ लाख र खातीको साथबाट १५ लाख रुपैयाँ बरामद भएको हो । उनीहरू सुन कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ परेका धमलाको जोरपाटी र रसुवामासमेत सुन पसल रहेको खुलेको छ । उनीहरूको साथबाट बरामद भएको रकम अवैध सुन बिक्रीपछि संकलन गरिएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘उनीहरूले अवैध सुन बिक्री गरेपछि संकलन गरेको जस्तो देखिन्छ । हामीले सोध्दा पनि विभिन्न व्यक्तिमार्फत बुझेको रकम भनेर बयान दिएका छन् ।’’

प्रहरीले अवैध सुन नै रहेको सूचनाको आधारमा अपरेसन थालेको थियो । तर, उनीहरूबाट रकम फेला परेको हो । प्रहरीको टोलीले सुरुमा लोलाङबाट तामाङ र धमलालाई स्कुटरमा बोकेको रकमसहित पक्राउ गरेपछि जोरपाटीबाट खाती पक्राउ परेका हुन् ।

उनीहरूमाथि प्रहरीले थप सोधपुछ जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ