८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान

११ पुष २०८१, बिहीबार १३:२४

काठमाडौँ | मोरङको जहदा गाउँपालिका-३ की २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले म्याद थपगरी अनुसन्धान शुरू गरेको छ ।

मोरङ प्रहरीले पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरू गरेको हो ।

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का २० वर्षीय महमद रमजान, ठाउँका १९ वर्षीय सुनिलकुमार साह र भारत विहार घर भई हाल कटहरी-२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरीर बन्धक राखि ज्यान मार्ने उद्योग र जबरजस्तीकरणी मुद्दामा म्याद थपगरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पुस ९ गते दिउँसो अन्दाजी १२:५० बजे ती महिलामाथि तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछिस्थित बाँसघारी नजिक खेतमा सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि दुवै हात र खुट्टा बाँधेको र मुखमा समेत कपडा कोचेको अर्धचेत अवस्थामा उनी फेला परेकी थिइन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ