८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट

११ पुष २०८१, बिहीबार १५:२९

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमा कर्णाली याक्सकी ब्रान्ड एम्बेसडर हुन् ।

विपिनले आफ्नो इन्टाग्राम स्टोरीमा स्वस्तिमाले आफूलाई क्रिसमस गिफ्ट दिएको भन्दै आभार प्रकट गरेका छन् । स्वस्तिमाले गिफ्टसँगै सानो हस्तलिखित सन्देश पनि दिएकी थिइन् । त्यसमा उनले एनपीएलमा व्यक्तिगत सफलताका लागि बधाई दिएकी छन् ।

उनले लेखेकी छन्, ‘प्रिय विपिन भाइ । एनपीएलमा तिम्रो उच्च सफलताका लागि बधाई छ । तिम्रो मिहिनेत र समर्पणका लागि सानो हौसला स्वरुप यो फोन प्रदान गरेकी छु । यसले तिमीलाई मैदान भित्र र बाहिर असंख्य राम्रा कलहरु ल्याओस र तिमीलाई अन्य ठूला अवसरहरुसँग जोडोस ।’

कर्णाली याक्सका लागि १३ विकेट लिएका विपित इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कर्णाली याक्स प्रतियोगितामा तेस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ