Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इनड्राइभ चालक पक्राउ: मोबाइलमा भेटिएका तथ्यहरु देख्दा प्रहरी नै चकित

२०८१, ११ माघ शुक्रबार १६:०३

काठमाडौँ | यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका प्रबिन बरालको मोबाइल फोनमा भेटिएका केही तथ्यहरुले प्रहरी अधिकारी नै चकित परेका छन् ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले चितवनको नारायणी नगरपालिका–४ का २५ वर्षीय प्रबिन बराललाई राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ सम्पर्कमा पुगेकी युवतीमाथि यौनजन्य संवाद (म्यासेज) गरेको आरोपमा पक्राउ गरेको थियो ।

उनी चन्द्रागिरीबाट पक्राउ परेका थिए । बरालमाथि काठमाडौं प्रहरी परिसरको टोलीले अनुसन्धानका लागि पाँच दिनको अनुमति लिएको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको मोबाइलको तथ्यले भने प्रहरी चकित परेको छ ।

उनले इनड्राइभमार्फत नै युवतीहरुको नम्बर लिने र विभिन्न प्रलोभनमा पारेर अवैध सम्बन्धका लागि दबाब दिने गरेको खुलेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्,‘‘उनले २७ जना भन्दाबढी युवतीहरुको इनड्राइभमार्फत नम्बर लिएर उनीहरुलाई विभिन्न प्रलोभनका म्यासेज गरेको देखिन्छ । कतिपयले म्यासेजमै गाली गरेको पनि देखिन्छ । बरालको उद्देश्य नै अपराधिक देखिन्छ ।’’

प्रहरीको अनुसन्धानका क्रममा उनले इनड्राइमा दर्ता गराएको ट्याक्सी नम्बर समेत उनको नभएको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा उनले इनड्राइभ सिटी टु सिटी सर्भिस भनेर राखेको ट्याक्सी चालकलाईसमेत ठगी गरेको खुलेको छ ।

एक महिनाका लागि ट्याक्सी भाडामा लिने सहमति गरेका प्रविनले चार महिनासम्म ट्याक्सी लिएर भाडासमेत नतिरेको खुलेको हो । चार महिनापछि ट्याक्सी पनि बिग्रिएको अवस्थामा फिर्ता गरेपछि प्रविनविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी नै परेको थियो ।

पछि ट्याक्सी बनाउन र भाडा बापतको चार लाख रुपैयाँ दिने भनेर ट्याक्सी धनीलाई चेक दिएको खुलेको छ । तर, बैंक खातामा रकमबिनाको चेक दिएको खुलेपछि चेक समेत बाउन्स भएको थियो । सोही चेक बाउन्स मुद्दामा समेत फरार रहेको खुलेको छ ।

त्यो बाहेक अन्य दुईवटा बैंकिङ कसुर मुद्दामा उनी फरार अभियुक्त रहेको खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता डीएसपी पूर्णिमा चन्दले भने उनीमाथि अनुसन्धान अझै जारी रहेको बताइन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा उनले निजी कारहरु समेत भाडामा आफुले प्रयोग गर्ने र पोखरादेखि मुस्ताङ सस्तो मूल्यमा घुमाउने भन्दै बुक गर्न लगाउने र पछि सम्र्कमा समेत नआउने गरेको देखिएको छ ।

प्रविनले ठगी गरेका पीडितलाई प्रहरीमा सम्पर्क गर्न प्रहरीले आग्रहसमेत गरेको छ ।

राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका चालक प्रविनले आफूमाथि यौनजन्य म्यासेज गरेको भन्दै सामाजिक सञ्जाल टिकटकमार्फत एन्जिला खनालले सार्वजनिक गरेकी थिइन् ।

खनालले प्रविनले गरेको म्यासेजको स्क्रिनसट समेत राखेर भिडियो नै पोस्ट गरेकी थिइन् ।

उनले टिकटक मार्फत सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्,‘‘म माघ २ गते चितवनबाट मेरी १२ वर्षीया बहिनीसँगै काठमाडौं फर्किदै थिएँ । बाटोमा आउँदा मुग्लिनबजारमा गाडी बिग्रियो । म गाडी बनाउने ग्यारेजमै थिएँ ।

गाडी बनाउन लामो समय लाग्नेजस्तो लागेर मैले सिटी टु सिटी इनड्राइभ बुक गरेको थिएँ । तर, उनले आफुले अफर गरेको रकममा पाँच सय थप गर्न आग्रह गरेका थिए ।’’

उनी अघि थप्छन्, ‘‘तर, पछि उनी आफूले अफर गरेकै रकममा जान तयार हुँदा पनि म्यासेजमा भने मुग्लिङबाट काठमाडौं फ्रिमा पुर्‍याउने तर त्यो बापत आफूसित बाटोमा एक घण्टासमय बिताउनुपर्ने प्रस्तावसहितको म्याजेस पठाएपछि भने अचम्मित भएँ । र, नम्बर नै ब्लक गरेँ ।’’

उनले रातिको समय गाडीमा चढेपछि यस्तो कुरा गरेको भए मेरो हालत के हुन्थ्यो भनेर प्रश्नसमेत गरकी छन् । उनकै उजुरीका आधारमा काठमाडौं प्रहरीले प्रविनलाई पक्राउ गरेको हो । तर, प्रविनले इनड्राइभ मार्फत सेवा लिन सम्पर्कमा आउने युवतीहरुको नम्बर राख्ने र म्युजिक भिडियोमा समेत खेलाउने भन्दै यौनजन्य म्यासेज पठाउने गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा प्रविनले विभिन्न म्युजिक भिडियो समेत खेलेको खुलेको छ । युवतीहरुलाई त्यही आफ्नो भिडियोसमेत ह्वाट्सएप मार्फत पठाउने र प्रभावमा पार्ने गरेको देखिएको हो । प्रहरीले उनको मोबाइलबाट म्युजिक भिडियो खेलाउने सर्तमा युवतीलाई प्रलोभन देखाएको म्यासेज फेला पारेको छ ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनले चार वर्ष अघि ‘मकै मिठो पोलेको’ तथा ‘जहाँ जहाँ’ गीतमा अभिनय गरेको खुलाएको छ । प्रविनले कतिपय युवतीबाट म्युजिक भिडियो खेलाउने भन्दै रकमसमेत ठगी गरेको प्रहरीको आशंका छ ।

तर, पीडित सम्पर्कमा नआउँदा उनीमाथि कानुनी कारबाहीका लागि समस्या देखिको छ । प्रविनमाथि प्रहरीले यौन दुर्व्यवहार कसुरमा अनुसन्धान थालेको छ । प्रहरीले आवश्यक पर्दा इनड्राइभ चालकको विवरण नदिने इनड्राइभ कम्पनीमाथिसमेत सोधपुछ गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ