२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८१, १४ माघ सोमबार १४:३९

काठमाडौँ | आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने झुटो आश्वासन दिएर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गौशाला प्रहरी वृत्तले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो।

उनीहरूलाई एक महिना अगाडिबाट अनुसन्धान सुरु गरिएको भए पनि हालै मात्र ठगी प्रकरण सार्वजनिक भएको हो। प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेपछि यो घटना बाहिर आएको हो।

प्रहरीका अनुसार, ठगीको जाहेरी २०७९ साल वैशाख ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटघाट गरी ७ लाख नगद बुझाएको घटनासँग जोडिएको छ। पछि ५ लाख थप बुझाउँदा शिवाकोटीले एक हप्ताभित्र काम हुने आश्वासन दिएको जाहेरीमा उल्लेख छ।

यसपछि शिवाकोटी दम्पतीको इसेवा र बैंक खातामा अन्य रकम पठाइएको थियो। जाहेरीमा जम्मा १५ लाख ७६ हजार रुपैयाँ पठाइसकेको र थप २९ लाख २४ हजार रुपैयाँ लिएर अमेरिका पठाउने भनेको जनाइएको छ।

जाहेरीकर्ताका अनुसार, रकम पठाइसकेपछि शिवाकोटीले सम्पर्क टुटाउँदै विभिन्न बहाना गर्न थाले। उनले शरणार्थी प्रकरणको मुद्दा चलिरहेको भन्दै चुप बस्न दबाब दिएको र धम्कीसमेत दिएको आरोप छ।

प्रहरीले अनुसन्धान पूरा गरेर ठगीमा परेका व्यक्तिलाई १५ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन माग गर्दै रायसहितको प्रतिवेदन अदालतमा बुझाएको छ।

यस प्रकरणमा १२ चैत २०८० मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, पाँचथरका टेक गुरुङसहितका व्यक्तिहरू पक्राउ परेका थिए। उनीहरूकै बयानका आधारमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई पनि पक्राउ गरिएको थियो।

आइतबार दर्ता भएको मुद्दामाथि सोमबारदेखि थुनछेक बयान र बहस सुरु भएको छ। यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरू अझै कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ