Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

स्रोत नखुलेको ३९ लाखसहित इन्द्रचोकबाट एकजना पक्राउ

By साझासवाल

काठमाडौँ | स्रोत नखुलेको ३९ लाख रुपैयाँ नगदसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखामा बस्दै आएका ४८ वर्षीय माधव श्रेष्ठ छन् ।

आइतबार (हिजो) साँझ उक्त रकमसहित काठमाडौं महानगरपालिका–२४, इन्द्रचोकबाट श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

श्रेष्ठलाई रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो । उक्त रकम हुन्डीको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।

उनीमाथि अनुसन्धान गर्न रानीपोखरीको टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझाएको छ ।