Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

१५ वर्षीया छोरीमाथि निर्घात कुटपिट गर्ने बाबु पक्राउ

By साझासवाल

झापा | आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

१५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिनेलाई प्रहरीले पक्राउ गरेको हो।

साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्।

आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको पक्राउ परेका पुरुषका श्रीमतीले बताइन् ।

यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।