2026-09-17 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको गाडीलाई साइड नदिएको आरोपमा ३ जना ट्रक चालकलाई कारबाही

कपिलवस्तु । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा ३ वटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ। मन्त्री कार्कीको लु१झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तु नगरपालिका सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको गाडीको बाटो रोक्ने ट्रक चालकहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा प्र १०२००१ख ८४७३, ३३५१ र ९२०७ नम्बरका गाडी रहेका छन्। ती ट्रक चालकहरूलाई ५ सय रुपैयाँको जरिवाना गरिएको छ। मन्त्री कार्कीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीले जर्बजस्ती कारबाही गर्न निर्देशन दिएका थिए।

मैदा लिएर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ट्रक चालकहरूले भने आफूहरूलाई सत्ताको दम्भ देखाएर कारबाही गरिएको आरोप लगाएका छन् । ‘हामी सामान्य गतिमा थियौँ, एक्कासि गाडीले ओभरटेक गरेर अगाडि तेर्स्यायो र ट्राफिक बोलाएर जबरजस्ती जरिवाना तिरायो’ चालक दिलबहादुर कटुवालले भने । ‘ पछाडि को आएको छ कसरी हेर्ने, साइड मिररबाट मन्त्री चिन्न सकिन्न,पेल्ने हामी गरिखानेलाई त हो, कानुन हाम्रैलागि बनेको रैछ’ उनले गुनासो गर्दै भने । मन्त्रीले गाडी भित्रैबाट थुन्न आदेश दिएको तर प्रहरीले भने सामान्य कारबाही मात्रै गरेर छाडेको समेत चालकहरूले दुखेसो पोखे ।

मन्त्री कार्की भैरहवामा आयोजित जनस्वास्थ्यको कार्यक्रमका लागि बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। गाडी आफैमा निकै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका थिए । सो सम्बन्धमा मन्त्रीका पिएसओ प्रहरी हवल्दार खत्रीका अनुसार ट्रक चालकहरूले बाटो छेक्दै गाडीको भिडियो बनाइरहेका थिए, र हर्न बजाउँदा पनि सडक जाम गर्न थालिसकेपछि कारबाही सिफारिस गरिएको बताए। -राजधानी राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह