2026-09-20 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटनमा अपहृत बालकलाई पञ्जाबमा बेच्ने योजना, भियतनामी अभियुक्तका चालामाला यस्ता थिए

काठमाडौँ | कलंकीको एउटा गेस्ट हाउसमा अपहृत बालकलाई बन्धक बनाएर राखेका भियतनामी अभियुक्त मि हाङ किन्हालुनलाई प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। बन्धक चार बर्षिय चेपाङ थरका बालकलाई स्वास्थ्य जाँच गरी परिवारको जिम्मा लगाइएको छ।

अभियुक्त मि हाङले ति चार बर्षिय बालकलाई पाटन दरबार क्षेत्रबाट अपहरण गरेको पनि खुलेको छ। उनले बालकलाई अपहरणको योजनाचाहिँ क्रिसमसदेखि नै बनाएको अनुसन्धानहरुले खुलाउँदै गएको छ।

अपहरणपछि टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था पनि मिलाइएको पत्ता लागिसकेको छ। ललितपुर महानगरपालिका–१२ पाटन बस्ने बालकको २४ माघमा अपहरण गरिएको थियो। राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएपछि खोजी सुरु गरिएको प्रहरी अधिकारी बताउँछन्।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा फेला पारेपछि प्रहरीले उद्धार गरेको थियो भने अभियुक्तलाई सोही ठाउँमा नियन्त्रणमा लिइएको थियो।

अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको पत्ता लागेको छ।

यसपछि ११ दिन नेपाल बसेर २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर विभिन्न स्थानमा बसेका थिए।

स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका अभियुक्त भियतनामी ठमेलेस्थित एक होटलमा एक हप्ता, बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलबा बसेको पनि प्रहरीले खुलाइसकेको छ।

काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए। घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ।

२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बरको बसको सिट ‘बी’ को ३ र ४ टिकटसमेत उनले बुकिङ गरेका थिए। बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए।

घुमफिर गर्ने क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा हाल अपहरणमा परेका बच्चाको दाइसँग भेट भई भियतनामी नागरिकले कुराकानी गरेको प्रहरी अधिकारीको भनाइ छ। त्यसपछि चिप्स, चकलेटहरु खरिद गरेर बच्चाहरुलाई दिइ आफूतर्फ आकर्षित गरेको प्रहरीको भनाइ छ ।

अपहरण गरेपछि ती बालकलाई उनले ट्याक्सीमा कलंकी लगेको पाइएको छ। पाटन कृष्ण मन्दिरबाट इनड्राइभमाफृत ट्याक्सी बुक गरेर झम्सीखेलसम्म पुगेको र त्यहाँबाट अर्को ट्याक्सी लिएर सुन्धारा गएर श्री गुरु होटलमा बसेका थिए।

पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ।

अभियुक्तको आपराधिक पृष्ठभूमीका विषयमा पनि अनुसन्धान जारी रहेको एक प्रहरी अधिकारीले बताए। उनी भन्छन्,‘नेपालमा अन्य अपराधमा पनि उनको संलग्नता छ या छैन भन्ने खोजी भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो