Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु

By साझासवाल

काठमाडौँ | काठमाडौँको कमलपोखरीमा रहेको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।

यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका थिए।

आगलागीमा गम्भीर घाइते भएर काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मृत्यु हुनेमा हेटौँडा स्थायी घर भइ काठमाडौँ- २८ कमलपोखरी बस्ने वर्ष १८ का रविन राई र भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। घाइते नौ जनाको हाल कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।

कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको सानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको प्रहरीकाे भनाइ छ।