२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला

४ फाल्गुन २०८१, आईतवार १२:००

काठमाडौँ | झापामा नेपाल प्रहरीका सहायक निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन्। भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको ब्यारेकको माथिल्लो तलामा ४९ वर्षीय सई धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

पानी ट्यांकी भएको ठाउँमा जाने फलामे भर्याङमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनी आइतबार बिहान मृत फेला परेका हुन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घर भएका उनी हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्थे।

इलाका प्रहरी कार्यालय झिलझिले दरबन्दी भएका खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

घटनाका बारेमा परिवारका सदस्य र आफन्तलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र