Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाली विद्यार्थीलाई दबाब दिने किट कलेजका ५ कर्मचारी कारबाहीमा

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ | भारतको ओडिसास्थित किट कलेजले एक नेपाली छात्राको मृत्यु प्रकरणमा संलग्न पाँच जनामाथि कारबाही गरेको छ। कलेज प्रशासनले दुई सुरक्षागार्डलाई निष्कासित गरेको छ भने तीन कर्मचारीलाई निलम्बन गरेको छ।

कलेजका रजिस्ट्रारले एक सूचना जारी गर्दै १६ फेब्रुअरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कारबाहीबारे जानकारी दिएका छन्। सूचनाअनुसार, लापरवाही देखिएका दुई सुरक्षा गार्डलाई तत्काल हटाइएको छ भने दुई होस्टल कर्मचारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (IRO) का एक वरिष्ठ प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको छ।

यसबाहेक, नेपाली विद्यार्थीहरूलाई कलेज छोड्न दबाब दिने विषयमा कलेज प्रशासनले माफी मागेको छ। नेपाली विद्यार्थीहरूको सहजीकरणका लागि २४ घण्टा सञ्चालनमा रहने कन्ट्रोल रुम स्थापना गर्ने निर्णय समेत कलेजले लिएको छ।

कलेज प्रशासनले भविष्यमा यस्तो घटना नदोहोरियोस् भन्ने प्रतिबद्धता जनाउँदै कलेज परिसरभित्र सुरक्षित वातावरण निर्माण गर्ने आश्वासन दिएको छ।