२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवक अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

२०७४, १० श्रावण मंगलवार ०४:२०

साउन १०, धनुषा । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् ।

धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमलेश्वरलाई शुक्रवार धनुषा ठाडिझिझा महिनाथपुर रेल्वे स्टेशनबाट चारजनाको समूहले डर धम्की दिई मोटरसाइकलमा बसाएर जनकपुरस्थित भ्रमपुरा चोकमा ल्याई आदाम नदाफको कोठामा एक दिन बन्धक बनाएर राखेको थियो ।

त्यसपछि अपहरणकारीले शनिबार दिउँसो ४ बजे भ्रमपुरा चोकबाट जनकपुर उपमहानगरपालिका वडा नं ९ बस्ने रामचन्द्र दासको घरमा लगी बन्धक बनाएर उनलाई कुटपिट गरेको तथा चक्कु, फलाम काट्ने ह्याक्सो ब्लेटलगायतका धारिलो हतियार देखाई मारेर फालिदिन्छौँ भनी डर, धाकधम्की दिएर कमलेश्वरलाई आफन्तसँग फोनमा कुरा गराएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।

अपहरित कमलेश्वर आइतबार बिहान ३ बजेतिर बन्धक बनाएको कोठाको भेन्टिलेसनबाट निस्केर भाग्न सफल भएका थिए । भागेर घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेका थिए । घटनामा संलग्न हुनेहरुको खोजतलासका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुको साथबाट चक्कु एक थान, फलामको ह्याक्सो ब्लेड एक थान, मोबाइल तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको जिप्रका धनुषाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ