2026-09-21 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमानढोकामा मृत युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले बाँसको भाटाले हिर्काएर हत्या गरे

काठमाडौँ | काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
करिब ३५ वर्षीका युवक बिहीबार मन्दिर नजिकै फोहोर फाल्ने ठाउँमा मृत भेटिएका हुन् ।

मृतकको यकिन पहिचान खुल्न सकेको छैन । तर, हातमा सुशन शाक्य नामको ट्याटु खोपेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । सिसिटिभी फुटेजमा दुईजना किशोरले बाँसको भाटाले हानेर हत्या गरेको देखिएको छ ।

हत्यामा संलग्न आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू १६ र १७ वर्षका छन् ।

पक्राउ परेकाहरूले बाँसको भाटाले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनीहरुले भनेका छन्, ‘सुरुमा उसले हामीलाई कुटेपछि बाँसको भाटोले हानेका हौँ ।’

नाबालक भएको हुनाले प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । मृतक यसअघि ३ पटकसम्म प्रहरीको अनुसन्धान दायरामा आएका व्यक्ति हुन् । मृतक र आरोपीहरूको कुनै पेसा थिएन । उनीहरू सडकमा बसेर जीविकोपार्जन गर्दै आएका थिए । हत्यामा संलग्नहरु वसन्तपुर क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो