७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हनुमानढोका हत्या प्रकरण : थप्पड हानेको रिसमा भाटा प्रहार गर्दा मृत्यु

९ फाल्गुन २०८१, शुक्रबार १३:३५

काठमाडौँ | हनुमान ढोका हत्या प्रकरणमा रातीको समयमा हिँडडुल गर्ने र लागूपदार्थ सेवन गर्ने व्यक्तिहरुबीच भएको सामान्य झगडाले हत्याको रुप लिएको खुलासा भएको छ ।

काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकृतका अनुसार बुधबार राती भएको सो सामान्य झगडामा ललितपुरको कार्यविनायक घर भएका २८ वर्षीय सुसन शाक्यको मृत्यु भएको हो । प्रहरीका अनुसार रातीको समयमा सोही क्षेत्रमा टहलिँदै रहेका दुई बालकलाई शुरुमा शाक्यले झापड हानेका थिए ।

त्यही रिसमा ती बालकहरुले शाक्यलाई बासको भाटाले हान्दा शाक्यको अचानक मृत्यु हुन पुगेको थियो । भाटा हान्ने नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालक भएकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरुले प्रहरीसँग शाक्यले आफूहरुलाई गालामा थपड हानेपछि त्यही रिसमा उनको टाउकोमा भाटाले हानेको स्वीकार गरेका बताइएको छ ।

प्रहरीका अनुसार घटना भवितव्य रुपमा घटेको र ती बालकहरुको शाक्यलाई मार्ने योजना भने नरहेको पाइएको छ । ती बालकहरुले सामान्य रुपमा हानेको तर भवितव्य भई अचानक मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई बालकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । सीसीटीभी फुटेजको आधारमा पहिचान गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको परिसरका एक अधिकृतले बताए ।

यो पनि:

हनुमानढोकामा मृत युवकको हत्या भएको निष्कर्ष, दुई किशोरले बाँसको भाटाले हिर्काएर हत्या गरे

काठमाडौँमा युवक मृत भेटिए, हत्याको आशंकामा दुई जना पक्राउ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या