२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पार्टीको गम्भिर ध्यानाकर्षण

२०७२, २१ मंसिर सोमबार ०६:४५

मंसिर २१, डोटी । एकिकृत नेकपा माओवादी डोटीले नयाँ शक्ति निर्माण अभियानको नाममा जिल्लामा गठन गरिएको भनिएको समितिका संयोजक मोहन बमद्धारा जारीे प्रेस विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो एक बिज्ञप्ती प्रकासित गर्दे एकिकृत नेकपा माओवादी डोटीले सबै कुराहरु झुटा एवं भ्रमपूर्ण भएको डोटेली समुदाय र पार्टी कार्यकर्ताहरुलाई जानकारी गराउ“दछौं भनिएको छ ।

जिल्ला सयोजक त्रिलोभन भट्ट्द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा कथित नया“ शक्ति निर्माण अभियानका संयोजक मोहन बम एकिकृत नेपाल कम्यूनिष्ट पार्टी माओबादी पार्टीको गत बर्ष विराटनगरमा सम्पन्न सम्मेलन पश्चात पार्टीको केन्द्रीय सल्लाहकार नरहेको र सेती महाकाली राज्य समिति सदस्य भनिएका सहदेव खाती र ललित जोरा लगायतका ब्यक्तिहरुलाई मिति २०७१ श्रबणमा जिल्ला कमिटि बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरि सकेको बिज्ञप्तीमा भनिएको छ ।

नया“ शक्ति निर्माण अभियानसंग आबद्ध रहेका भनिएका केही ब्यक्तिहरु पार्टीको निति,अनुशासन र मर्यादा विपरित गतिबिधीमा संलग्न रहेको र ती बाहेकका कार्यकर्ताहरु एमाओबादी पार्टीमै रहेको हुदा नया“ शक्ति अभियानको जिल्ला समितिद्धारा जारी गरिएको भ्रमपूर्ण प्रेस बिज्ञप्तीप्रति आम डोटेली जनतालाई विश्वास नगर्न र भ्रममा नपर्न बिज्ञप्ती मार्फत आग्रह गर्दछौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित