२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना विदेशी पक्राउ

२०८१, १५ फाल्गुन बिहीबार १२:०४

काठमाडौँ | पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् ।

तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताए । उनले भने, ‘उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको पाइयो ।’

उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ