२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोनले तपाईको कुरा सुन्दैछ ? गोपनीयता सुरक्षित राख्न अपनाउनुहोस् यी ६ उपाय

२०८१, १५ फाल्गुन बिहीबार १५:०७

काठमाडौँ | जसरी प्रविधि विकास भइरहेको छ, ठगहरू पनि थप उन्नत हुँदै गएका छन् । स्मार्टफोनमा रहेका डाटा मात्र होइन, प्रयोगकर्ताको जासूसीसमेत भइरहेको छ र ठगीका घटनाहरू बढ्दै गएका छन् ।

विभिन्न रिपोर्टहरूले देखाएको छ कि स्मार्टफोनको क्यामेरा, माइक्रोफोन र सर्च हिस्ट्रीमार्फत प्रयोगकर्ताहरूको निगरानी गर्न सकिन्छ । तपाईंले पनि कहिलेकाहीँ अनुभव गर्नुभएको होला कि जुन उत्पादनबारे तपाईं कुरा गर्नुहुन्छ, त्यसको विज्ञापन तपाईंको फोनमा देखिन थाल्छ ।

यस्तो अवस्थामा, के स्मार्टफोन हाम्रो कुरा सुन्दैछ? यदि हो भने, यसलाई कसरी रोक्न सकिन्छ? यहाँ हामी तपाईंलाई आवश्यक सेटिङहरू परिवर्तन गरेर यो रोक्ने उपायहरू बताउँदैछौं ।

स्मार्टफोनले कुरा सुन्दैछ वा छैन्, कसरी पत्ता लगाउने ?

धेरै पटक हामीले स्मार्टफोनमा इन्स्टल गरेका एप्सलाई क्यामेरा, माइक्रोफोन र स्टोरेजको अनुमति दिएका हुन्छौं । यस्तो अवस्थामा, ती एप्सले हाम्रो गतिविधि ट्र्याक गर्न सक्छन् । त्यसैले, आवश्यक एप्सलाई मात्र अनुमति दिनु महत्त्वपूर्ण हुन्छ ।

सामान्यतया, फोन जासूसी गर्न क्यामेरा र माइक्रोफोन प्रयोग गरिन्छ । यदि तपाईंको फोनको क्यामेरा वा माइक्रोफोन अनावश्यक रूपमा सक्रिय भइरहेको छ भने, तपाईंले यसलाई पत्ता लगाउन सक्नुहुन्छ । जब पनि क्यामेरा वा माइक्रोफोन सक्रिय हुन्छ, स्क्रिनमा हरियो बत्ती बल्न थाल्छ ।

गोपनीयता सुरक्षित राख्ने उपायहरू

१. एप परमिशन व्यवस्थित गर्नुहोस्

स्मार्टफोनमा इन्स्टल गरिएका एप्सको अनुमति व्यवस्थापन गर्नः​​सेटिंग मेनु खोल्नुहोस् । यसपछि प्राईभेसीमा गएर परमिसन म्यानेजरमा जानुहोस् ।

यहाँ तपाईंले माइक्रोफोन, क्यामेरा, लोकेशन आदिको अनुमति कुन एप्सलाई दिइएको छ भन्ने हेर्न सक्नुहुन्छ । गोपनीयता सुरक्षित राख्न, अनावश्यक अनुमति हटाउनुहोस् ।

२. सफ्टवेयर र सुरक्षा अपडेट गर्नुहोस्

स्मार्टफोन कम्पनीहरूले नियमित रूपमा सुरक्षा अपडेटहरू ल्याउने गर्छन् । आफ्नो फोन अप–टु–डेट राख्न आवश्यक अपडेटहरू गर्नुहोस् ।

पुराना वा अपडेट नगरिएका एप्समा स्पाइवेयर वा मालवेयर हुन सक्ने सम्भावना उच्च हुन्छ ।

३. भ्वाइस असिस्टेन्ट बन्द गर्नुहोस्

यदि तपाईं गूगल एसिस्टेन्ट, सिरी वा एलेक्सा प्रयोग गर्नुहुन्न भने, यसलाई बन्द गर्नुहोस् । सेटिंगमा गई भोइस असिस्टेन्टमा गएर डिसेबल गर्नुहोस् । यसले माइक्रोफोन अनावश्यक रूपमा सक्रिय हुनबाट रोक्छ ।

४. सार्वजनिक वाईफाईबाट बच्नुहोस्

पब्लिक वाईफाइ असुरक्षित हुन्छ । यदि प्रयोग गर्नैपर्ने भए, भीपीएन अन गरेर मात्र प्रयोग गर्नुहोस् ताकि डाटा चोरी हुने जोखिम कम होस् ।

५. थर्ड–पार्टी एप्स डाउनलोड नगर्नुहोस्

गूगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट मात्र एप डाउनलोड गर्नुहोस् । अनौठा वा अविश्वसनीय स्रोतहरूबाट एप इन्स्टल नगर्नुहोस् ।

६. फोनलाई समय–समयमा रिबुट गर्नुहोस्

हप्तामा एक पटक स्मार्टफोन रिस्टार्ट गर्नु फाइदाजनक हुन्छ । यसले स्पाइवेयर वा मालवेयर निष्क्रिय गर्न मद्दत गर्छ । साथै, अनावश्यक ब्याकग्राउन्ड प्रोसेसहरू बन्द हुन्छन् । यी उपायहरू अपनाएर तपाईं आफ्नो स्मार्टफोनको गोपनीयता र सुरक्षालाई मजबुत बनाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ