2026-09-21 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने

काठमाडौँ | नेपाली फिल्म ‘रेशम फिलिलीको सिक्वेल’ फेरि रेशम फिलिली ९ वर्षपछि पुनः प्रदर्शनमा आएको छ ।

२०७२ साल वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ को पहिलो संस्करणको ‘जालमा’ गीतको लोकप्रियता कारण फिल्मले राम्रो ओपनिङ गरेको थियो ।

तर, रिलिजको दोस्रो दिन अर्थात वैशाख १२ गते शनिवार नेपालमा आएको विनाशकारी भूकम्पले फिल्मको यात्रा प्रभावित बनायो । यसपटक पनि फिल्मको रिलिज र भूकम्पको संयोग जुरेको छ । शुक्रवार बिहान २ः५१ बजे सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएपछि फिल्म र भूकम्पको सम्बन्धमा चर्चा प्रारम्भ भएको छ । रेशम फिलिली र भूकम्पको ट्रोलिङ सोशल मिडियामा फैलिएको छ ।

अभिनेता केदार घिमिरेले फेसबुकमा पोस्ट गर्दै यो अजीब संयोगबारे जिज्ञासा व्यक्त गरेका छन्।
त्यस्तै अन्य केहि व्यक्तिहरुले पनि फेसबुकमा विभिन्न रोचक स्टाटसहरु लेखेर जिज्ञाशा व्यक्त गरेका छन् ।

हाल, फेरि रेशम फिलिलीको व्यापारमा सुधारको प्रयास जारी छ । फिल्मले राम्रो ओपनिङ गरेपछि दर्शकको प्रतिक्रिया सकारात्मक छ । फिल्ममा अभिनय गरेका विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया र अन्य कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो