Skip to content
Friday, July 24, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

सार्वजनिक गाडीमा कोड भाषा प्रयोग गरेर पकेट मार्ने आठजना स्वयम्भूबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

काठमाडौँ | काठमाडौंको स्वयम्भू क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा पकेट मार्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले सार्वजनिक सवारी साधनभित्र शंकास्पद व्यवहार गरिरहेको अवस्थामा आठ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहार कसुरको मुद्दा चलाएर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार, उनीहरूले समूहमा सार्वजनिक बसभित्र बस्ने र विभिन्न कोड भाषा प्रयोग गरेर यात्रुहरूको पकेट मार्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–१ का २७ वर्षीय विदुर कमल, धादिङकै गल्छीका २८ वर्षीय विवेक ढुंगाना, सिन्धुपाल्चोकका विवेक तामाङ, काभ्रेका सनबहादुर तामाङ छन् ।

यस्तैगरी, सिन्धुपाल्चोकका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, प्रकाश लामा र कसाङ तामाङलाई पक्राउ गरेको हो ।

अहिले प्रहरी वृत्त स्वयम्भूको कमान्डमा प्रहरी नावय उपरीक्षक (डीएसपी) उद्धव भाट छन् ।

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।