सल्यानमा बुबाले ९ र छोराले १० कक्षामा पढ्दै ।

Posted on: 27 Jul, 2017
खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरेका हुन् । पहिले बाल्यकालमा सामान्य लेखपढ गरेका बुढाथोकीले यस बर्ष श्री आधारभुत विद्यालय त्रिवेनी गाउँपालीका ३ दाङचुलीबाट जम्मा ८०० पुर्णाङक मध्य ४९२ पुर्णाङक ल्याएर प्रथम श्रेणीबाट उतिर्णा भएका हुन । 
५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका बुढाथोकीले अहिले त्रिवेनी मावि सरिकोटमा कक्षा ९ मा भर्ना भएर आफ्नो अध्यानलाई अगाडी अढाउदै छन् । दुई सन्तान रहेका कक्षा ९ मा पढ्ने उनका छोराले भने कक्षा १० मा अध्ययान गर्दैछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!