शान्तीको कुरा गर्दै सुरक्षाकर्मीलाई तालिम

Posted on: 27 Jul, 2017

साउन १२, सल्यान । 

सल्यानमा सुरक्षाकर्मीलाई मानव अधिकार संक्रमणकालिन न्याय र शान्ती निर्माण सम्बन्धी ३ दिने तालिम आजदेखि सल्यान खलंगामा शुरु भएको छ । 

संक्रमणकालिन न्याय शान्ती प्रवद्र्धनका लागि स्थानि विकास कार्यक्रम अन्तरगत जिल्लाका सुरक्षाकर्मीलाई तालिम दिइएको हो । 

शान्ति निर्माणमा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको हो । हरप्लेस सल्यानको आयोजनामा भएको तालिम श्रावण १४ सम्म चल्ने संस्थाका जिल्ला संयोजक रामचन्द रेग्मीले जानकारी दिएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!