काठमाडौँ | नेपाली बजारमा तीन दिन लगातार बढेको सुनको भाउ आज (शुक्रबार) घटेको छ । बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।