२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा यर्तुङ्ग मेला शुरु

२०७४, १३ श्रावण शुक्रबार ०५:२३

साउन १३, मनाङ । हिमालपारिको जिल्ला मनाङमा यर्तुङ्ग पर्व अर्थात् घोडाचडी पर्व शुरु भएको छ ।

बर्खाको याम सकिएपछि साउनको दोस्रो सातामा र खेती भित्र्याएपछि कात्तिक मसान्तदेखि मङ्सिरको शुरुमा 'ने' नामले मनाइने चलन छ ।

यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर रहन्छ । शुरुको दिनमा गाउँका सबैजना भेला भई आ–आफ्ना घोडा लिएर गुम्बा जान्छन् । गुम्बामा पूजापाठ सकेपछि घोडादौड शुरु गर्ने परम्परा रहिआएको छ । यसरी घोडा दौडाइँदा प्रथम हुने घोडा निकै महँगो मुल्यमा किनबेच हुने गर्दछ । 

यस पर्वमा मनाङवासी आफ्नो परम्परागत वेशभूषामा सजिएर परम्परागत रुपमा बाजागाजाका साथ सहभागी हुने गर्दछन् । यसरी पर्व मनाउँदा यहाँका मानिसमा एकता कायम भई गाउँमा कुनै पनि अनिष्ट नहुने धार्मिक किंवदन्ती रहेको छ । 

यसको अर्काे पक्ष के छ भने गाउँमा काम सकेर फुर्सदको समयमा सबै भेला भई मनोरञ्जन गरी गाउँका गतिविधिका बारेमा छलफल गर्ने माध्यमका रुपमा पनि यो पर्व मनाइने प्रचलन रहेको पाइन्छ । यस समयमा जिल्लाबाहिर रहेका मनाङेहरुले पनि एक ठाउँमा भेला भई यर्तुङ मनाउने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै