Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गोकर्णेश्वरको बागमती नदीमा महिलाको शव फेला

By साझासवाल

काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमतीमा एक महिलाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत फेला परेकी महिलाको सनाखत हुन सकेको छैन। अन्दाजी ४५ वर्षकी महिलाको शव नदीको बीच भागमा फेला परेको हो।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। महिलाको सनाखतका लागि प्रयास भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।