2026-09-21 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजाको स्वागतमा उत्तरप्रदेशका मुख्यमन्त्रीको तस्बिर पनि प्रयोग, कसले गरे?

काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्। भिडमा एउटा फरक फोटो पनि देखियो- भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा) का नेता योगी आदित्यनाथको। र्‍यालीमा आफूलाई ‘हिन्दुवादी र राजावादी’ भनेर चिनाउने प्रदीपविक्रम राणाले योगी आदित्यनाथको ठूलो फोटो प्रयोग गरेका हुन् ।

योगी आदित्यनाथको फोटोमुनि ‘राजसंस्था पुनर्स्थापना गरौं, हिन्दुवादी प्रदीपविक्रम राणा’ लेखिएको थियो। पूर्वराजा शाहको स्वागत कार्यक्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको फोटो देखिएपछि यसलाई लिएर सामाजिक सञ्जालहरूमा चर्चा भएको छ। पूर्वराजा र योगी आदित्यनाथबीच विगतमा भारतमा पटकपटक भेट भएको थियो।

राणाले फेसबुकमा आफू राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्री भएको दाबी गरेका छन् । तर, योगीको फोटोमा भने उनले आफूलाई हिन्दुवादीका रुपमा चिनाएका छन् । उनी विसं २०७३ मा भएको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा पराजित भएका थिए । यसपछि उनी पार्टीमा सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो